गृहपृष्ठ बलात्कार गर्ने एक युवालाई ६ वर्ष जेल
बलात्कार गर्ने एक युवालाई ६ वर्ष जेल
नुवाकोट जिल्ला अदालतले बलात्कार घटनामा संलग्न भएको ठहर गर्दै एक युवालाई ६ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई ६ वर्ष कैद सजायको फैसला गरेको हो ।
बुधबार भएको फैसलामा पीडित किशोरीलाई एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ ।
तारकेश्वर नगर पालिका ८ काठमाडौँकी १४ वर्षीया किशोरीले गुरुङले २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।
प्रकाशित समय ११:२५ बजे

















