गृहपृष्ठ सप्तरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, ८ घाइते
सप्तरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, ८ घाइते
सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९ मा ना५ख ७९३७ नम्बरको बसले को१ख ४१२३ नम्बरको ट्रकलाई ठक्कर दिएर चिया पसलमा ठोक्किँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट चिया पिउन आएका कञ्चनरुप नगरपालिका ८ का ६० वर्षीय देवनारायण महताको मृत्यु भएको हो ।
घटनामा २ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ । पाँचजना सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
पूर्व पश्चिम रमाजमर्गकै हनुमाननगर कंकालनी नगरपालिका–३ पोर्ताहामा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । को१ज ३५६२ नम्बरको विंगरले को१५प ५५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।
पूर्व–पश्चिम राजमार्गकै खड्क नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्करबाट पैदल यात्री खडग नपा–९ निवासी ७० वर्षीय छुतहरु दासको मृत्यु भएको छ । ठक्कर दिने सबै सबारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय ११:२३ बजे

















