गृहपृष्ठ खुलामञ्चमा बनाएको सटरमा डोजर चल्यो
खुलामञ्चमा बनाएको सटरमा डोजर चल्यो
महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ । शनिबार बिहान काठमाडौं महानरपालिकाकाकाे नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो ।सटर भत्काउन नेपाल प्रहरीले सुरक्षा दिएको थियो ।
खुल्लामञ्च ठेक्का दिएको कुरा बाहिरएपछि अभियन्ताहरूले बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेका थिए । खुलामञ्च अतिक्रमण भएको भन्दै चौतर्फि विरोध भएपछि महानगरले डोजर चलाएको हो । सटर भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुको भागाभाग भएको थियो ।
खुलामञ्चभित्र करिब ५१ वटा सटर बनाइएको थियो । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका व्यवसायी मनोज भेटवालले सो सटर बनाएका हुन् ।
प्रकाशित समय १३:५० बजे

















