गृहपृष्ठ अज्ञात रोगले प्रभावित क्षेत्रमा चिकित्सकको टोली
अज्ञात रोगले प्रभावित क्षेत्रमा चिकित्सकको टोली
अज्ञात रोगले प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको छ ।
कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको हो । आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई पटक गरी औषधि र डाक्टर पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ । कर्णली प्रदेश सरकारले संघीय सरकारको सहयोगमा टोली पठाएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एक प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनसहितको टोली प्रभावित क्षेत्रमा खटिइसकेका छन् ।
तीन साताअघि सुरु भएको रोगका कारण अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । ३ सय जना बिरामी छन् । ताजाकोटको वडा नम्बर–१ मा जिमाना र काँडागाउँ तथा २ नम्बर वडाको मैला, तोलीबाडा र खटिकबाडामा प्रभावितको संख्या धेरै छ ।
प्रकाशित समय १६:१३ बजे

















