गृहपृष्ठ प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना पक्राउ

pakrau-arrest-newskarobar

प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन् । १५ लाख ९० हजार भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी–४ घर भई हाल स्वयम्भू बस्ने शम्भु परियार, दोलखा तामाकोसी–३ का रामविक्रम खड्का, कास्की पोखरा–५ का सन्तोष थापा, बाग्लुङ –५ का नवीन थापा, काभ्रेपलान्चोक तेमाल –६ का राजेन्द्र तामाङ र सोहीका धनध्वज तामाङ रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार राति नयाँबजारस्थित मेट्रो इन होटलबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट भारत सरकारले बन्देज गरेको १ हजार र ५ सय दरको नोट बरामद गरिएको छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु