गृहपृष्ठ कामीरिता शेर्पाको नयाँ कीर्तिमान, २३औं पटक सगरमाथाको सफल आरोहण
कामीरिता शेर्पाको नयाँ कीर्तिमान, २३औं पटक सगरमाथाको सफल आरोहण
फाइल तस्बिर
कामीरिता शेर्पाले २३औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
उनले २२औं पटक सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेर धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान कायम गरेका हुन् । कामीरिता बुधबार बिहान ७ बजेर ५० मिनेटको समयमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
पर्यटन विभागले कामीरिताले २३ औं पटक सगरमाथाको सफल आरोहण गरेको पुष्टि गरेको छ । उनी सेभेन समिट ट्रेक्सबाट आरोहण गरेका हुन् । कामीरिता यसपटक विदेशी आरोहीको हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारीका साथ सगरमाथाको आरोहणमा थिए । कामीरितासँगै वाङ्दी शेर्पा र विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
अहिले १८ मुलुकका ६३ आरोही सगरमाथाको चुचुरोनेर पुगेका छन् । कामीरिताले गत वर्षको जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका थिए ।
प्रकाशित समय ०९:१९ बजे

















