गृहपृष्ठ प्रथम राष्ट्रिय पाक–कला प्रतियोगिता हुँदै
प्रथम राष्ट्रिय पाक–कला प्रतियोगिता हुँदै
प्रथम राष्ट्रिय पाक–कला प्रतियोगिता हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद ९सीटीइभीटी०, राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग ९एसडीसी० को सहयोगमा प्रथम राष्ट्रिय पाककला प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफैं सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो ।
काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ ।
यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा सहभागी हुन महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गरिएको छ । प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गरिने छ ।
साथै, भविष्यमा पूर्व सिकाईको मान्यता विधिद्वारा सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र प्राप्त गर्ने बाटो खुल्नेछ । अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने छ ।प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर श्री देवीप्रसाद दाहालले जनाकारी दिए
प्रकाशित समय १८:०४ बजे

















