गृहपृष्ठ सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्छ : गच्छदार

सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्छ : गच्छदार

Bijay-Gachhadar-newskarobar

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानुन संशोधन सम्वन्धि विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने आफैंले विचार पुर्याउनुपर्ने बताए । ‘तर कुनै पनि बहानामा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कार्य गर्न हुँदैन,’ उनले भने ।

गच्छदारले प्रतिपक्ष दलको हैसियतले नेपाली कांग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवं कुन्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गरे । उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकारसम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले त्यो विधेयक सम्वन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति गरी ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु