गृहपृष्ठ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्यासको यथावत
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्यासको यथावत
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रति लिटर २, डिजेल र मट्टीतेलमा १–१ रुपैयाँ मूल्य घटाइएको हो । अब पेट्रोलको खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । शुक्रबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोल र डिजेलको मूल्य घट्दा हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भने यथावत छ ।
प्रकाशित समय ०६:४२ बजे

















