गृहपृष्ठ यातायात समितिलाई महासंघको उर्दी : पाँच दिनभित्र कम्पनीमा दर्ता गर
यातायात समितिलाई महासंघको उर्दी : पाँच दिनभित्र कम्पनीमा दर्ता गर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गर्न आग्रह गरेको छ । महासंघले पाँच दिनभित्र दर्ता गर्न समितिलाई आग्रह गरेको हो ।
महासंघका महासचिव सरोज सिटौलाले सरकार र महासंघबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता गर्न आग्रह गरिएको बताए ।
‘पाँच दिनभित्र कम्पनीमा दर्ता गर्न महासाघले आग्रह गरेको छ’ उनले भने, ‘कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले लिदैन ।
यसअघि सरकारले गरेको आग्रह समितिहरले अटेर गर्दै आएका थिए । अहिले छाता महासंघले नै उर्दी जारी गरेपछि समितिलाई कम्पनीमा दर्ता गर्न दवाव परेको छ ।
प्रकाशित समय ११:०३ बजे

















