गृहपृष्ठ ट्रिपर खोलामा खस्दा २ जनाको मृत्यु

ट्रिपर खोलामा खस्दा २ जनाको मृत्यु

accident-newskarobar

उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी–कटारी सडकखण्डको लामीडाँडामा ट्रिपर दुर्घटनामा हुँदा २ जनाको ज्यान गएको छ ।

आइतबार बिहान मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको बा४ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा दादुरा खोलामा खसेको हो । दुर्घटनामा ट्रिपरका सह–चालक सिन्धुली दुधौलीका २० वर्षीय लीलाबहादुर सार्की र ट्रिपरमा सवार कटारी भोर्लेका एक पुरुष रहेको प्रहरीले जनाएको छ । ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु