गृहपृष्ठ मेसीलाई छैटौंपटक गोल्डेन बुट
मेसीलाई छैटौंपटक गोल्डेन बुट
लियोनल मेसीले करियरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् ।
युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई दिइने अर्वाड स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेसीले हात पारेका हुन् । मेसीले ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे ३१ गोल गर्दै सूचिको दोस्रो स्थानमा रहे । मेसीले लगातार तेस्रो पटक गोल्डेन बुट पाउँदा ला लिगाबाट विजेता चुनिएको यो लगातार ११ औं सिजन हो ।
गोल्डेन बुट हात पारेपनि मेसीले अझै लिभरपुलसँगको हारबारे सोचिरहेको बताएका छन् । उनले शनिबार हुने कोपा डेल रे को फाइनल थप महत्वपूर्ण रहेको बताए ।
प्रकाशित समय ०९:४० बजे

















