गृहपृष्ठ प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

dormani-poudel-newskarobar फाइल तस्बिर

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गएका पौडेललाई काठमाडौँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रले एक हप्ताका लागि भर्ना गरेको हो ।

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि आइतबार अस्पताल गएका थिए । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । उनी निकै सक्रिय मुख्यमन्त्री हुन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको थियो ।

पौडेलको गङ्गालाल हृदय रोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुन लागेको प्रदेश समन्वय परिषद्को बैठक प्रभावित हुने भएको छ ।

प्रकाशित समय ०९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु