गृहपृष्ठ यलम्बर सांस्कृतिक कार्यक्रम हुने

यलम्बर सांस्कृतिक कार्यक्रम हुने

नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली (साकेला) का अवसरमा सांस्कृतिक संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका अवसरमा विभिन्न विधाका स्रष्टा र साधकलाई सम्मान गर्ने किराँती नव–सांस्कृतिक केन्द्रका संयोजक राकेश किराँतीले जानकारी दिए ।

यलम्बरको नाममा गरिने सम्मानबाट नेपालको पुरानो ऐतिहासिकतालाई पुनर्जागरण गर्न सघाउ पुग्ने तथा किराँत समुदायको चाड साकेलाको पहिचान जोगाउन मद्दत पुग्ने उनले बताए । केन्द्रका सदस्य गायक रुक्मा राईले यलम्बर सांस्कृतिक कार्यक्रममा किराँती वेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताए । ‘यसले आफ्नो मौलिकतालाई जोगाइराख्न मद्दत पुग्छ,’ उनले भने । उक्त कार्यक्रममा शम्भु राई, सत्यकला राई, रुपकुमार राई, सरला राई, कला राई, मनीषा राईलगायत कलाकारले सांस्कृतिक प्रस्तुति रहनेछ ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु