गृहपृष्ठ जेठ २६ गते उपत्यकामा सार्वजनिक बिदा

जेठ २६ गते उपत्यकामा सार्वजनिक बिदा

सरकारले जेठ २६ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उक्तदिन रातो मछिन्द्रनाथको भोटे देखाउने जात्रा भएकाले काठमाडौं उपत्यकामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवताका पूजा अर्चना गर्ने प्रचलन छ । यो दिन जाउलाखेलमा राष्ट्रप्रमुखलाई भोटो देखाएपछि जात्रा समापन गर्ने परम्परा छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

नेवारी समुदायको माहान पर्वको रुपमा मनाइने यो जात्रा वि.सं. ५४६ देखि सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू र बौद्ध धर्मालम्बीले धुमधामका साथ मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु