गृहपृष्ठ नेपाल र मरिससबीच श्रम समझदारी

नेपाल र मरिससबीच श्रम समझदारी

नेपाल र मरिससबीच श्रम समझदारी भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरे ।

दक्षिण अफ्रिकी देश मरिससमा कामदार शून्य लागतमा जान पाउने भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु