गृहपृष्ठ दुर्घटनामा सेनाका लेस नायकको मृत्यु

दुर्घटनामा सेनाका लेस नायकको मृत्यु

accident-newskarobar

मकवानपुरको भिमफेदी गाउँपालिकास्थित भैसेसामरी पुल नजिकै कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ आइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा सुपारेटार ब्यारेकमा कार्यरत लेस नायक ३० वर्षीय विवेश तामाङको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका तामाङको काठमाण्डौंको छाउनीमा रहेको सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु