गृहपृष्ठ चट्याङ लागेर सिन्धुलीमा १ जनाको मृत्यु
चट्याङ लागेर सिन्धुलीमा १ जनाको मृत्यु
सांकेतिक तस्बिर
चट्याङ लागेर सिन्धुलीमा एकजनाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–१ निवासी ४५ वर्षीय भीमनाथ कुँवरको चट्याङ लागेर मृत्यु भएको हो । कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किदै गर्दा बिहीबार साँझ साढे सात बजेतिर रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित समय १०:०७ बजे

















