गृहपृष्ठ कमेरेफाँटमा कार दुर्घटना, काठमाडौँ बस्ने दुई जनाको मृत्यु, दुई घाइते

कमेरेफाँटमा कार दुर्घटना, काठमाडौँ बस्ने दुई जनाको मृत्यु, दुई घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

सिन्धुलीको सुनकोशी गाउँपालिका‑२, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका‑३१, नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा. १३ च ३७९३ नम्बरको कार गए राति अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु