गृहपृष्ठ लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएका ४ जनाविरुद्ध मुद्दा दर्ता
लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएका ४ जनाविरुद्ध मुद्दा दर्ता
लाइसेन्स बनाउने नाममा सेवाग्राहीसँग घूस लिएका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट ४० हजार घूस लिने दुई र भ्रष्टचारमा संलग्न अन्य दुई गरी ४ जनाविरुद्ध बिहीबार विषेश अदालतमा मुद्दा दर्ता गरेको हो । हेभिइक्वीपमेन्ट डिभिजन कार्यालय पोखराका अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ स्कूलका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेले घूससहित अख्तियारको फन्दामा परेका थिए ।
सोही विषयमा खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्ल पनि संलग्न भएको देखिएकोले उनीहरु उपर समेत मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकृत मेघनाथ रिजालले बताए ।
प्रकाशित समय ०७:४९ बजे

















