गृहपृष्ठ रामेछापमा जीप दुर्घटना, चालकको मृत्यु
रामेछापमा जीप दुर्घटना, चालकको मृत्यु
सांकेतिक तस्बिर ।
रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–१, दुरागाउँको गुरुवांङमा शनिबार बिहान ना४च ६२०५ नम्बरको जीप दुर्घटना हुँदा चालक क्याल्वु तामाङको मृत्यु भएको हो । दुर्घटनामा दुरागाउँकै वडा अध्यक्ष निङमार तामाङ घाइते भएका छन् । उनको अहिले दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०९:५० बजे

















