गृहपृष्ठ वृक्षारोपण अभियानको आरम्भ, कोटेश्वर–कलंकीमा ३ हजार बिरूवा रोपियो

वृक्षारोपण अभियानको आरम्भ, कोटेश्वर–कलंकीमा ३ हजार बिरूवा रोपियो

सरकारले शनिबारदेखि वृक्षारोपण अभियान थालेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर काठमाडौंको कोटेश्वर–कलंकी सडक किनारमा फलफूलका बिरुवा रोपी अभियान सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे ।

वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान प्रारम्भ गरिएको छ । कोटेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, कानुन मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

वृक्षारोपण कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, सांसद, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । कोटेश्वरदेखि कलंकीसम्म करिब ३ हजार बिरुवा रोपिएको छ । अभियानको पहिलो दिन आज देशभर ५ लाख बिरुवा रोप्ने वन मन्त्रालयको लक्ष्य छ ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु