गृहपृष्ठ अपांगता भएका २ सयजनालाई नगद सहयोग

अपांगता भएका २ सयजनालाई नगद सहयोग

फाइल तस्बिर ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपांगता भएका दुई सयजनालाई जनही १० हजारका दरले २० लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ । अपांगता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ ।

‘नेपालका भूकम्प प्रभावित समुदायमा अपांगता भएका व्यक्तिका लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत रिसिङ गाउँपालिका–७ कोटदरबार, रिसिङ गाउँपालिका–८ रानीपोखरी, व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सतिस्वाँराका अपांगता भएकालाई आर्थिक सहयोग गरिएको उक्त शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

कोटदरबारका ७९, रानीपोखरीका ५४, रिस्तीका २८ र सतिस्वाँराका ३९ गरी कुल दुई सयलाई जनही १० हजारका दरले रकम प्रदान गरिएको अपांगता समावेशी कार्यक्रमका कार्यक्रम अधिकृत करुणानिधि भट्टराईले जानकारी दिए । (रासस)

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु