गृहपृष्ठ सर्लाहीमा बस र ट्रक आपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु

सर्लाहीमा बस र ट्रक आपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु

durghatna2-newskarobar

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान ३:४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलमा बा. ३ ख २०५४ नम्बरको बस र ना. ५ ख ७७९५ नम्बरको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग प्रहरीले खुलाएको छ ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, प्रताप ठोकर, रोहित लामा तथा सर्लाही घारीबथानका ध्रुवप्रसाद घिमिरे,  गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ । (रासस)

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु