गृहपृष्ठ एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसिटको प्रतिलिपि सहित शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउने समय निर्धारण गरेको छ ।

सूचनाअनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सीभन्दा कम ग्रेड भई ग्रेड वृद्धि गर्न इच्छुक विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरिएको हो । गत चैतमा सञ्चालित एसइई परीक्षामा नियमित समूहका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउनेछन् ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु