गृहपृष्ठ धनुषामा विद्यालय हिँडेका शिक्षकमाथि सिरिञ्ज आक्रमणको आशंका

धनुषामा विद्यालय हिँडेका शिक्षकमाथि सिरिञ्ज आक्रमणको आशंका

सांकेतिक तस्बिर

काठमाण्डौंमा सिरिञ्जजस्तो तिखो बस्तु आक्रमण भएको घटना सेलाउन नपाउँदै धनुषामा पनि उस्तै प्रकृतिको घटना भएको छ ।

विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई बिहीबार ठिल्लास्थित धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले आक्रमण भएको हो । नचिनेको मानिसले तिखो वस्तुले घोचेर फरार भएको अधिकारीले बताए । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भने, ‘बलुवा खोलाको पुल पारि मोटरसाइकल रोकेर दुई जना बसेका थिए, उनीहरुले मेरो मोटरसाइकल रोक्न इशारा गरे, मेरो मोटरसाइकल रोकिने बित्तिकै एकजनाले दाहिने पाखुरामा घोचिदियो ।’

घटनापछि उनीहरु ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर भागेको अधिकारीले बताए । प्रहरीले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाएको छ । काठमाण्डौंमा यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु