गृहपृष्ठ पावर ट्रान्स्फर्मरमा ओभरलोड हुन थालेपछि कञ्चनपुरमा लोडसिडङ

पावर ट्रान्स्फर्मरमा ओभरलोड हुन थालेपछि कञ्चनपुरमा लोडसिडङ

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको लालपुर सबस्टेसनमा जडान भएको पावर ट्रान्स्फर्मरमा ओभरलोड हुन थालेपछि लोडसेडिङको तालिका सार्वजनिक गरिएको छ ।

दुई वर्षअघिदेखि हटेको लोडसेडिङ तालिका पुनः सुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित लोडसेडिङ तालिकामा दैनिक ४ देखि ६ घण्टासम्म विद्युत्भार कटौती गरिने जनाइएको छ ।

तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा ६ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा ४ घण्टा लोडसेडिङ हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि लोडसेडिङ तालिका सार्वजनिक गरिएको छ ।

गर्मी बढेको र मनसुनी वर्षा नभएकाले लालपुर १३२ केभी सबस्टेसनमा जडान गरिएको पावर ट्रान्स्फर्मरको क्षमताले नधान्ने अवस्था आएकाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणका कर्मचारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडले सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले बाध्यतावश लोडसेडिङ गर्नुपरेको जनाएको छ । (रासस)

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु