गृहपृष्ठ घट्टेखोला खोलाले बगाउँदा दुईजना बेपत्ता

घट्टेखोला खोलाले बगाउँदा दुईजना बेपत्ता

सांकेतिक तस्बिर

नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्ने क्रममा बिहीबार साँझ दुईजना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्दै गर्दा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।

बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेको प्रहरीले बताएको छ ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु