गृहपृष्ठ नुहाउने क्रममा पोखरीमा डुबेर सिरहामा दुई बालिकाको मृत्यु
नुहाउने क्रममा पोखरीमा डुबेर सिरहामा दुई बालिकाको मृत्यु
नुहाउने क्रममा पोखरीमा डुबेर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–४ मा दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुने बालिका दिदीबहिनी हुन् । नथुकुमार यादवकी छोरी ६ वर्षीय लक्ष्मी कुमारी र उनकै बहिनी ४ वर्षीया आशुका कुमारी यादवको शुक्रबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । समयमा उद्धार नहुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:५४ बजे

















