गृहपृष्ठ परीक्षा नियन्त्रण कार्यालयद्वारा पूरक परीक्षाको तालिका संशोधन
परीक्षा नियन्त्रण कार्यालयद्वारा पूरक परीक्षाको तालिका संशोधन
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले ग्रेड वृद्धि गर्न चाहेका दुई विषयसम्मको परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डको सूचनामा जनाएको छ । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने सूचनामा उल्लेख छ । त्यसका लागि फाराम भर्ने म्याद साउन १० सम्म उल्लेख गरिएको छ ।
। दुई विषयभन्दा बढी विषयमा अनुपस्थित रहेका वा दुई विषयभन्दा बढी ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन पाउने छैनन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय १२:४८ बजे

















