गृहपृष्ठ कुलोमा डुबेर बालकको मृत्यु

कुलोमा डुबेर बालकको मृत्यु

death-newskarobar

दाङको तुलसीपुरमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका– ६ सितानगरका राजेन्द्र विकको साढे २ वर्षीय छोरा प्रभास विकको कुलोमा डुबेर ज्यान गएको हो । घर अगाडीको कुलोमा खसेका बालक करिब ५ सय मिटर दक्षिण डिल्लीबजार नजिकै डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेतिर कुलोमा बगेका बालकलाई उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु