गृहपृष्ठ प्रहरीको हिरासतबाट भागेका दुई थुनुवा पक्राउ, उच्च अदालत पाटनबाट १ फरार

प्रहरीको हिरासतबाट भागेका दुई थुनुवा पक्राउ, उच्च अदालत पाटनबाट १ फरार

pakrau-arrest-newskarobar

महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको हिरासतबाट भागेका तीन थुनुवामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिरासतबाट भागेका शमसेर माझी र रुद्रलाल श्रेष्ठ पक्राउ परेका हुन् । अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनीहरु सोमबार राति थुनुवा हिरासतबाट भागेका थिए ।

उच्च अदालत पाटनबाट प्रहरी नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् । मुद्दाको सुनुवाइका लागि बुधबार उच्च अदालत लगिएका थुनुवा रामबोल खड्का फरार भएको प्रहरीले जनाएको छ । उनी बैंकिङ कसूरमा पक्राउ परेका थिए ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु