गृहपृष्ठ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ना५ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति उनीहरुलाई ठक्कर दिएको थियो । माझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
घाइते सोही ठाउंँका ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:५८ बजे

















