गृहपृष्ठ सोमबारदेखि नदीहरुको अवस्था सामान्यीकरण हुने
सोमबारदेखि नदीहरुको अवस्था सामान्यीकरण हुने
मौसम पूर्वानुमान शाखाले आइतबार देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक– दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने सम्भावना देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले सबैलाई बाढी पहिरोबाट सतर्क रहन सुझाएको छ । सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्यीकरण हुने देखिएकाले विस्थापित समुदाय आआफ्नो टोल तथा समुदायमा फर्किन सक्ने महाशाखाले जनाएको छ ।
प्रकाशित समय १२:१६ बजे

















