गृहपृष्ठ बैजनाथ सामुदायिक वनले अपांगतालाई भत्ता रकम वितरण ग-यो
बैजनाथ सामुदायिक वनले अपांगतालाई भत्ता रकम वितरण ग-यो
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ स्थित बैजनाथ सामुदायिक वनले अपांगता भएका १६ जनालाई भत्ताबापत रकम प्रदान गरेको छ ।
सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट महिनाको ३ सय रूपैयाँका दरले हुन आउने एक वर्षको एकमुष्ट ३ हजार ६ सय रूपैयाँका दरले भत्ताबापत रकम वितरण गरेको हो ।
आव ०७५/७६ को सामाजिक सुरक्षा गर्ने अपांगता भएका व्यक्तिलाई भत्ताको रकमबापत सामुदायिक वनको काठ दाउरा र घाँस बिक्रीबाट आएकोमध्ये ५७ हजार ६ रूपैयाँ वितरण गरेका छौं,’ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भने ।
तीन वर्षदेखि सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र न्यून दृष्टियुक्तलाई ३ सय रूपैयाँ प्रतिमहिनाका दरले भत्ता दिँदै आएको छ । आव ०७३/७४ देखि सामुदायिक वनले अपांगता भएकालाई राहतकोष खडा गरी भत्ता दिँदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये ५ प्रतिशत रकम राख्ने व्यवस्था छ ।
सामुदायिक वन संरक्षणका दृष्टिकोणले यस क्षेत्रमा अग्रणी रहेको छ । सेवा क्षेत्रमा रहेका विद्यालयलाई शैक्षिक सामग्री तथा उत्कृष्ट विद्यार्थी सम्मान छात्रवृत्ति रकम उपलब्ध गराउनुका साथै अन्तिम संस्कारका लागि निःशुल्क रुपमा दाउरासमेत उपलब्ध गराउँदै आएको छ ।
दिगो तथा तथा वैज्ञानिक वन व्यवस्थापन पद्धतिमा संरक्षण गर्न संघीय सरकारको वन तथा वातावरण मन्त्रालयबाट कार्ययोजना बनाउने कार्य सामुदायिक वनले अगाडि बढाएको छ । विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५४० उपभोक्ता रहेका छन् । (रासस)
प्रकाशित समय १४:०६ बजे

















