गृहपृष्ठ बाँसगढीमा बस र मोटरसाइकल जुधेर एकको मृत्यु

बाँसगढीमा बस र मोटरसाइकल जुधेर एकको मृत्यु

durghatna1-newskarobar

बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा मोटरसाइकल र बस आपसमा ठोक्किएर मोटरसाइकलमा सवार छोट्राम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारूले चलाएको भे१ख २८३६ नम्बरको बसले नपा–४ बछुवाका ४५ वर्षीय चौधरीले चलाएको भे४प ७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकामा ठूलो चोट लागेको थियो । उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेजमा पु-याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । अहिले उक्त बस र चालक थारूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु