गृहपृष्ठ खहरेले बगाएका वृद्धको प्रहरीद्वारा उद्धार

खहरेले बगाएका वृद्धको प्रहरीद्वारा उद्धार

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरेले बगाएका एक वृद्धको प्रहरीले उद्धार गरेको छ ।

नाम, थर नखुलेको अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थाबाट उद्धार गरेको हो । चुरेहिल अस्पतालमा सामान्य उपचार गरेर भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु