गृहपृष्ठ मन्त्रीले आफैं ‘गर्छु’ भनेका १०३ काम एक वर्षमा सुरु नै गरेनन्

मन्त्रीले आफैं ‘गर्छु’ भनेका १०३ काम एक वर्षमा सुरु नै गरेनन्

singhadurbar-newskarobar

सरकारले पूर्णता पाएपछि गत वर्ष मन्त्रीहरुले आफैं एक वर्षभित्र गर्ने कामहरुको फेहरिस्त बनाएर प्रधानमन्त्रीलाई बुझाए । एक वर्षपछि आफूले तोकेका लक्ष्यमा सन्तोषजनक काम गरेको भन्दै प्रधानमन्त्रीलाई कार्यप्रगति प्रतिवेदन बुझाएका मन्त्रीहरुले ‘गर्छु’ भनेका १०३ काम भने सुरु नै गरेका छैनन् ।

मन्त्रीहरुले तालिम र गोष्ठीको सूचीसहित लक्ष्यको ८८ प्रतिशतसम्म उपलब्धि हासिल गरेको प्रतिवेदन प्रधानमन्त्रीलाई निर्धक्क बुझाएका छन् । चालू योजनाको संख्या पनि निकै ठूलो छ । प्रतिबद्धता जनाएकामध्ये १३ सय ५७ मध्ये ३५१ वटा योजना चालू सूचीमा छन् ।

सबैभन्दा धेरै योजनाको लक्ष्य तय गरेर सुरु नै नगर्नेमा खानेपानी मन्त्रालय अगाडि छ । खानेपानीमन्त्री बिना मगरका १२२ वटा लक्षित योजनामध्ये २८ वटा सुरु नै भएका छैनन् । २७ वटा आयोजना सम्पन्न भएका र ४७ वटा चालू अवस्थामा रहेको प्रतिवेदन मन्त्री मगरले प्रधानमन्त्रीलाई बुझाएकी छन् । त्यस्तै, ९० वटा योजनाको लक्ष्य लिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १४ वटा, लक्षित योजना ६८ वटा लिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ११ वटा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वटा योजना सुरु नै गरेको छैन ।

यस्तै, अर्थ मन्त्रालय ७, श्रम मन्त्रालय ५, स्वास्थ्य, वन, भौतिक पूर्वाधार र युवा तथा खेलकुद मन्त्रालय ४ तथा पर्यटन, सूचना तथा सञ्चार, कानुन र गृह मन्त्रालय २ वटा र परराष्ट्र, कृषि, रक्षा र शिक्षा मन्त्रालयले एक/एक योजना सुरु नै गरेका छैनन् ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु