गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याएएका छन् । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गरे । कमला नदीको बाँधमा कटान हुन सक्नेतर्फ इंगित गर्दै उनले सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उनले जोड दिए ।

प्राकृतिक विपदमा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उनले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आआफ्नो सामर्थ्य पनि प्रयोग हुनु आवश्यक छ भने । मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार  गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको संख्या जरुरी भएको जानकारी दिए ।

एक फरक प्रसंगमा उनले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिए । (रासस)

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु