गृहपृष्ठ गायक प्रमोद खरेल कचनकबलको सद्भावना दूत नियुक्त
गायक प्रमोद खरेल कचनकबलको सद्भावना दूत नियुक्त
ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको उक्त गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।
उक्त गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि ४७ करोड ६० लाख रूपैयाँ बजेट पारित गरेको गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न १ करोड रूपैयाँ बजेट व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए । (रासस)
प्रकाशित समय ११:५१ बजे

















