गृहपृष्ठ पहिराले अवरुद्ध हेटौँडा–काठमाडौँ सडक सञ्चालन

पहिराले अवरुद्ध हेटौँडा–काठमाडौँ सडक सञ्चालन

bomjan-newslkarobar BAMJANA JAANE BATO सांकेतिक तस्बिर

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेसलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । दस दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो ।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्,’ उनले भने । पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए । (रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु