गृहपृष्ठ पौडी पोखरीमा डुबेर १ को मृत्यु
पौडी पोखरीमा डुबेर १ को मृत्यु
सांकेतिक तस्बिर ।
चितवनका सौराहमा स्विमिङपुलमा डुबेर शनिबार राति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका– ४ नारायणथानका ४८ वर्षीय छन्दबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काठमाडौँबाट घुम्नका लागि चितवन पुगेका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो ।
प्रकाशित समय ०८:१७ बजे

















