गृहपृष्ठ पाकेट मारेको आरोपमा धनुषामा एक पक्राउ

पाकेट मारेको आरोपमा धनुषामा एक पक्राउ

paketmar-newskarobar

धनुषामा पाकेटमारी गरेको आरोपमा प्रहरीले एक जनालाई नगदसहित पक्राउ गरेको छ । जनकपुरबाट सिरहा जाने बसमा पकेटमारी गरेको आरोपमा सिरहाको लाहान नगरपालिका ९ बस्ने मोहम्मद राज शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बसमा सवार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया बस्ने रामवावु यादवको पकेटबाट बसमै सवार राज शेखले पाकेट मारेको थियो । यादवको पकेटमा रहेको नगद एक लाख २० हजार नगद लिएर पिडारीचोकबाट भाग्दै गर्दा जनकपुरको पिडारीचोकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

शेखलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानका थुनामा राखेको छ भने रकमधनी रामबाबु यादवलाई रकम फिर्ता गरेका धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु