गृहपृष्ठ कृषि अनुदानको रकम नपाएको भन्दै अख्तियारमा उजुरी

कृषि अनुदानको रकम नपाएको भन्दै अख्तियारमा उजुरी

कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका- २ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज- २ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरूले अख्तियार आयोगमा उजुरी गरेका हुन् । समूहमा आवद्ध ४२ किसानले इटहरीस्थित अख्तियारको कार्यालयमा उजुरी दर्ता गराएको उजुरीकर्ता श्याम न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाले समेत घटनाको निष्पक्ष छानबिनका लागि अख्तियारलाई सिफारिस पत्र पठाएको छ। चारै कृषक समूहलाई गत असार १५ गतेअगावै कृषि ज्ञान केन्द्र चन्द्रगढीले चैतेधानको अनुदानस्वरुप रु १९ लाख दिने निर्णय गरेको थियो । अनुदान रकम उनीहरूले नपाएपछि अनियमितता भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।(रासस)

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु