गृहपृष्ठ उदयपुरको तराई क्षेत्रमा फैलन थाल्यो डेंगु

उदयपुरको तराई क्षेत्रमा फैलन थाल्यो डेंगु

dengu-newskarobar

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेंगु रोग फैलन थालेको छ ।

जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेंगु फैलन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी कटारी प्रभावित बनेको र क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा डेंगु फैलिन सुरु भएको हो ।

डेढ महिनाअघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा डेंगु देखा परेको थियो । अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेंगु रोग फेला परेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

डेंगु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । (रासस)

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु