गृहपृष्ठ हरियाली काठमाडौं (फोटो फिचरसहित)

हरियाली काठमाडौं (फोटो फिचरसहित)

sankhamul-park-newskarobar

राजधानी सहर काठमाडौंका कतिपय सार्वजनिक स्थल अझै पनि टिठलाग्दा छन् । फोहोरको डंगुर हटाए पनि व्यवस्थापन नगरिँदा उपत्यकाका खाली चौर मन कटक्क खाने खालका देखिन्छन् । तर, कतिपय ठाउँ भने मन बहलाउने पार्कका रुपमा विकसित गरिएको छ ।

काठमाडौं उपत्यकामा त्यस्ता थुप्रै सार्वजनिक स्थल नियन्त्रणमा लिएर अहिले सुन्दर पार्क निर्माण गरिएको छ । साना-साना सार्वजनिक स्थलमा बिरुवा, फलफूल र हरियो घाँस रोपिएका कारण अव्यवस्थित सहरीकरणका कारण खण्डहरमा परिणत हुँदै गएको काठमाडौं सुन्दर देखिन थालेको छ ।

नदी करिडोर हुन् या सडक किनारा, हरिया बोटबिरुवाका कारण हेरिरहुँ लाग्ने भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्देशनमा काठमाडौं महानगरपालिकाले धेरै ठाउँ सुन्दर बनाएको छ । कोटेश्वर- बानेश्वर- माइतिघर सडक पनि बगैंचामय छ ।

baneshwor-newskarobar

पाँच वर्षयता उपत्यकामा हरियाली पार्क र खुला चौर साँझपख टहलिने ठाउँ बनेका छन् । कतै–कतै बागमती खोलाकिनार पनि बस्नलायक बनेको छ, जहाँ पहिला बाध्यताले पुग्नुपर्दा पनि रन्थनिन्थ्यो ।

बागमती करिडोर ५६ प्रतिशतको काम सकिएको प्राधिकरणले जनाएको छ । मीनभवनदेखि थापाथलीसम्मको ६ हजार ६०० मिटरमा बगैंचा बनिसक्दा नदीआसपासको क्षेत्र निकै आकर्षक देखिएको छ । बाँकी काम पनि यसै वर्ष सक्ने गरी उपत्यका विकास प्राधिकरण लागेको प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

उपत्यकाका सार्वजनिक जग्गाको संरक्षणका लागि सरकारले धमाधम नियन्त्रणमा लिइरहेको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमै १० वटा सरकारी एवं सार्वजनिक जग्गा नियन्त्रणमा लिएर संरक्षण तथा व्यवस्थापन गरेको छ । काठमाडौं महानगरपालिका ६ लाखेचौर, वडा नम्बर ८ मूलपानी चौर, वडा नम्बर ६ साँखुको कलश पोखरी, वडा नम्बर ११ को रुद्रेश्वर मन्दिर, वडा नम्बर ५ को हाँडीगाउँ र वडा नम्बर ३२ को नाकेरी मन्दिर व्यवस्थित भइसकेका छन् ।

महानगरपालिकाले वडा नम्बर ३ मा रहेको १४ रोपनी कालिका पार्क, वडा नम्बर ३२ को २० रोपनी सार्वजनिक जग्गा संरक्षण, वडा नम्बर १४ को ५.५ रोपनीको खुसिबु पार्क, वडा नम्बर २ को ५.५ रोपनी नौलिला भद्रकाली पार्क र वडा नम्बर ८ मा रहेको जगन्नाथ मन्दिरको २१ रोपनी जग्गा नियन्त्रणमा लिएर संरक्षण कार्य अघि बढाएको छ ।

कतिपय क्षेत्रमा भने काठमाडौं महानगरपालिका चुकेको छ । काठमाडौंलाई सुन्दर बनाउने तीन कुने क्षेत्रमा बुद्धमुर्तिसहित बगैंचा निर्माण गर्ने भनिए पनि अलपत्र छ । रानीपोखरी नबन्दा त्यो क्षेत्रकै सुन्दरतामा आँच पुगेको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै स्थानीय तहले खुला स्थानमा पार्क बनाउने कार्यलाई मात्र पूर्णता दिने हो भने काठमाडौं सुन्दरमात्र देखिँदैन, राजधानीको दैनिकी थोरै भए पनि सहज हुनेछ ।

बाँकी तस्बिरमा

 

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु