गृहपृष्ठ ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा पक्राउ

ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा पक्राउ

pakrau-arrest-newskarobar

नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ बेनीघाट रोराङ गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्तोष कँडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

स्युचाटर नागार्जुन नगरपालीका-९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठीमार्फत नगद २० लाख रुपैयाँ मंगलबार दिउँसो बालाजु पुलमा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याइदिने र घरमा समेत बम राखी उडाई दिने धम्की दिएको भन्ने सूचना प्राप्त भएपश्चात् महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु