गृहपृष्ठ स्याङ्जाको गल्याङमा जीप दुर्घटना, ३ जनाको मृत्यु
स्याङ्जाको गल्याङमा जीप दुर्घटना, ३ जनाको मृत्यु
सांकेतिक तस्बिर ।
स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का ९ महिने बालक पल्सन परियार छन् । घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको गल्याङ प्रहरी चौकीले जनाएको छ ।
बुधबार दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो ।
प्रकाशित समय ०७:०९ बजे

















