गृहपृष्ठ रुखले च्यापिएर बालकको मृत्यु
रुखले च्यापिएर बालकको मृत्यु
रुखले च्यापिएर दाङमा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।
बंगलाचुली गाउँपालिका- ६ सोतीटोलका १० वर्षीय बालक सुजन खत्रीको रुखले च्यापेर मृत्यु भएको हो । सोही स्थानका ९ वर्षीय तिलक खत्री घाइते भएको प्रहरीले जनाएको छ । खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर उनीहरुलाई च्यापेको थियो । सुुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:५९ बजे

















