गृहपृष्ठ घूस लिएको अभियोगमा सव इन्जिनियरविरुद्ध मुद्दा दायर

घूस लिएको अभियोगमा सव इन्जिनियरविरुद्ध मुद्दा दायर

bisesh adalat newskarobar

भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि अनुदान निकासीका क्रममा भूकम्पपीडितसँग घूस लिएको अभियोगमा एक सव इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकामा कार्यरत सव इञ्जिनीयर आकाश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो । श्रेष्ठ स्थलगल निरीक्षण गरी प्रतिवेदन तयार गर्ने क्रममा भूकम्पपीडितसँग घुसबापत २५ हजार लिएको अवस्थामा पक्राउ परेको आयोजले जनाएको छ ।

यस्तै अख्तियारको टोलीले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिने जिल्ला अदालत सिरहाका सवारी चालक वृजमोहन यादवलाई घूससहित नियन्त्रणमा लिएको छ । उनले मुद्दा मिलाइदिने भन्दै एक लाख १० हजार घूस लिएको अख्तियारले जनाएको छ ।

यादवलाई सिरहा नगरपालिका-७ हस्पिटल चोकस्थित खड्ग होटलबाट नियन्त्रणमा लिइएका आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु